Breaking News.... EverestOnlineKhabar
August 6, 2026

Loading

२०७६ पुस २१, काठमाडौं । नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले ३२ वर्ष उमेरहद लागू गर्नुपर्ने बताएका छन् । पार्टीको पछिल्लो विवादका बारेमा छलफल गर्न विभिन्न गुट, उपगुट आबद्ध जिल्ला सभापतिहरु पार्टी कार्यालयमा भेला भइरहँदा काफ्लले सोमबार यस्तो अपिल जारी गरेका हुन् । ‘११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित संघको नेतृत्वलाई भङ्ग गरी विधान विपरित नेतृत्व थोपर्ने चर्चाले विद्यार्थी समूदायको भविष्य र सिङ्गो विद्यार्थी आन्दोलनमाथि आघात पुग्ने कुराप्रति हामी सचेत भएका छौँ’ काफ्लेको अपिलमा लेखेका छन् ।

पार्टी स्वयंले जारी गरेको संघको विधानलाई आफैले कुल्चेर हुकुमी शैलीमा मनपरी गर्ने क्रियाकलापको विरोधमा संघका साथीहरूले निरन्तर आन्तरिक सङ्घर्ष सञ्चालन गरिरहने क्रममा पार्टी केन्द्रीय कार्यालयमा रिले अनशन मार्फत शान्तिपूर्ण दवाव दिइरहेको काफ्लेले जानकारी दिएका छन् । लोकतान्त्रिक मूल्य, आदर्श र विधिको शासनका लागि संघले विगतदेखि नै नियमित महाधिवेशन लगायत आन्तरिक लोकतन्त्रका पक्षमा बुलन्द आवाज उठाउँदै आएको काफ्लेको भनाई छ ।

एकातिर कम्युनिष्ट सर्वसत्तावादले सिङ्गो मुलुक नै थिलोथिलो भइरहँदा संघको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शमाथि निरन्तर प्रहार भएको काफ्लेको बुझाई छ । ‘यस अवस्थामा सरकार विरोधी सङ्घर्षका अभियान सशक्त रूपमा सञ्चालन गर्नुपर्ने अवस्थामा पार्टी नेतृत्व स्वयंले विधान विपरित अराजक शैलीमा एकोहोरो बलमिच्याईं गरेर नेपाली काङ्ग्रेसलाई शक्तिहीन बनाउन खोज्नुले पार्टी र लोकतन्त्रको हित गर्दैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ’ अपिलमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed