Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ पुस १८, बारा । १२ केजी गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा रहेको प्रहरीले १ पुरुष र ४ महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीकी ममता कार्की, धनुषाका बिलट महतो, पर्साकी विमला विक, सोही स्थानकी पलटी माझी र रमियाँ चौधरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले ना.५ ख ६६१९ नम्बरको पोखराबाट जनकपुर चल्ने बस जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको करिब १३ केजी लागूऔषध गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई बारा जिल्ला अदालतमा पेश गरी १० दिनको म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed