Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ पुस १८, एजेन्सी । गत शुक्रबारदेखि प्रदर्शनमा आएको अक्षय कुमारको चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा शानदार व्यापार गरेको छ । चलचित्रले भारतीय बक्स अफिसमा सात दिनमा १ सय २७ करोडको व्यापार गरेको हो । पहिलो दिन शुक्रबार १८ करोड ५६ लाखको व्यापार गरको चलचित्रले दोस्रो दिन शनिबार २१ करोड ७८ लाख, तेस्रो दिन आइतबार २५ करोड ६५ लाख र चौथो दिन सोमबार १३ करोड ४१ लाखको व्यापार गरेको थियो ।

यस्तै चलचित्रले पाँचौँ दिन मंगलबार १६ करोड २० लाख, छैठौँ दिन बुधबार २२ करोड ५० लाख र सातौँ दिन बिहीबार १० करोड ८० लाखसहित कुल १२७ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन् । राज मेहताको निर्देशनमा बनेको चलचित्रमा अक्षय कुमारका साथै दिलजीत दोसाँझ, करिना कपूर र कियारा आडवाणीको मुख्य अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed