Breaking News.... EverestOnlineKhabar
June 14, 2026

Loading

२०७६ पुस १७, काठमाडौं । ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित बिहीबार ‘राष्ट्रिय पोशाक दिवस’ मनाइएको छ । राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले काठमाडौंको माइतीघरमा सद्भाव र्याली निकाली दिवस मनाएको छ । महाअभियानका संयोजक राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुटनुपरेको बताए । उनले नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरुवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको बताए । राष्ट्रिय पोशाक संरक्षण महाअभियानले नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवद्र्धन गर्ने भन्दै २०७० साल यता पुस १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाउने गरेको छ ।

 

 

फोटो ः अर्जुन भुषाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed