![]()
एजेन्सी । एक सय यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको अधिकारीहरुले जनाएका छन् । बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाइ छ । उद्धारकर्ताहरु यतिबेला दुर्घटनास्थल पुगेका छन् । उनीहरुले सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् । केहीको जिवितै उद्धार पनि गरिएको छ । विमान कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट देशको राजधानी नुरसुल्तानका लागि जाँदै थियो ।
विमानस्थलले विमानमा ९५ यात्रु र ५ चालक दलका सदस्य रहेको जनाएको छ । विमान स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा दुर्घटना ग्रस्त बनेको थियो । दुर्घटनअघि विमान दुई तले भवनमा ठोक्किँदै खसेको थियो । दुर्घटनापछि विमानमा आगो भने नलागेको बताइएको छ ।


