Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ पुस १०, काठमाडौँ – भ्रमण वर्ष २०२० लाई सहयोग र्पुयाउने उद्देश्यले विश्व सम्पदा सूचिमा सूचिकृत ऐतिहासिक सम्पदाहरूमा पदयात्रा गरिने भएको छ । बेटर नेपालको पहलमा हुन लागेको पदयात्रामा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, युवा, विद्यार्थी, कलाकार र सामाजिक अभियानकर्मी सहभागी हुने छन् ।

सरकारले गर्न लागेको अभियानमा सहयोग र्पुयाउने हेतुसाथ पदयात्रा गर्न लागिएको अयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । बेटर नेपालका अध्यक्ष माला खरेलले पुस १२ गतेदेखि पदयात्रा सुरु गरिने जानकारी दिए । पशुपति मन्दिरबाट सुरु गरिने पद्यात्रा वसन्तपुर दरबारसम्म र्पुयाइने छ । पुस १९ गते माइतीघर मण्डलाबाट स्वयम्भू स्तूपमा पुग्ने कार्यक्रम छ ।

यस्तै पुस २६ गते पाटनढोकाबाट पाटन कृष्णमन्दिरसम्म र माघ ४ गते नयाँ ठिमी शङ्खधरचोकबाट भक्तपुर दरबार परिसरसम्म पदयात्रा गर्ने कार्यक्रम छ । खेलकुदको माध्यमबाट नेपाल भ्रमण वर्षको प्रवर्द्धन गर्नका लागि सो दिन अन्तर्रा्ष्ट्रिय धावक वैकुण्ठ मानन्धरलाई सहभागी गराइने छ । प्रदेशसभा सदस्य गणेश दुलालले पर्यटन क्षेत्रको विकासका लागि ३ नं प्रदेश सरकारले ६६ ओटै निर्वाचन क्षेत्रमा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed