Breaking News.... EverestOnlineKhabar
April 21, 2026

काभ्रेको जङ्गलमा मानव कङ्काल भेटियो

Loading


२०७६ पुस १०, काभ्रे – काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको प्रहरीले जनाएको छ । सूचना पाउन साथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाएर शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइसकिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् । उक्त शवको प्रकृति हेर्दा पुरुष व्यक्तिको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed