Breaking News.... EverestOnlineKhabar
May 12, 2026

Loading

गायक राजेश पायल राईको घरमा आगलागी भएको छ ।बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो ।

आगलागीबाट के कतिक्षति भएको छ भन्ने विवरण आइसकेको छैन ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् ।

यतिबेला साङ्गीतिक कार्यक्रमका लागि राजेश काठमाडौं बाहिर छन् ।

आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन्।

गल्ती ,कमी कमजोरी मान्छे बाट हुन्छ भन्थे भगवान बाट नि हुदो रहेछ ,उनैले दिए उनैले लगे अब उनैले दिनेछन एक दिन फेरी गल्ती नगरिकन !!
यो परीस्थिती मा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवार प्रती यहाँ पर्देसी भुमी बाटै हार्दिक नमन ..एवार्ड जले होलान तर तपाइहरुले दिएको आसिर्बाद माया ,सुझाब कहिलै नजलोस .. म सदा तपाइहरु कै काखमा लुट्पुटिने माम्छे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.