Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अभिनेत्री पूजा हेगडेको १५ दिनको पारिश्रमिक दुई करोड

Loading

बलिउड फिल्म ‘मोहनजोदारो’मा मुख्य भूमिका निभाइसकेकी अभिनेत्री पूजा हेगडेले १५ दिनको अभिनयका लागि दुई करोड भारु पारिश्रमिक मागेको समाचारले बलिउडमा चर्चा पाइरहेको छ ।

उनी साउथ फिल्ममा लामो समयदेखि सक्रिय छिन् । निकै फिल्ममा मुख्य भूमिकामा देखिएकी छिन् । पूजाले बलिउडमा भने अहिलेसम्म एउटै फिल्ममा पनि काम गरेकी छैनन् ।अहिले बलिउडमा निर्देशक हरिश शंकर पूजाले अभिनय गर्ने भनिएको फिल्म ‘वाल्मीकि’लाई लिएर चर्चामा छन् । यस फिल्मका लागि निर्माताले मुख्य अभिनेत्रीको भूमिकामा पूजा हेगडेसँग सम्पर्क गरेका थिए ।

भारतीय मिडियामा चलिरहेको खबरअनुसार यस फिल्मका लागि पूजाले १५ दिन सुटिङ गर्दा दुई करोड पारिश्रमिक मागेकी हुन् । तर, अहिलेसम्म निर्माता र पूजा हेगडेले पारिश्रमिकलाई लिएर आधिकारिक धारणा बाहिर ल्याएका छैनन् ।

One thought on “अभिनेत्री पूजा हेगडेको १५ दिनको पारिश्रमिक दुई करोड”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed