![]()
बलिउड फिल्म ‘मोहनजोदारो’मा मुख्य भूमिका निभाइसकेकी अभिनेत्री पूजा हेगडेले १५ दिनको अभिनयका लागि दुई करोड भारु पारिश्रमिक मागेको समाचारले बलिउडमा चर्चा पाइरहेको छ ।
उनी साउथ फिल्ममा लामो समयदेखि सक्रिय छिन् । निकै फिल्ममा मुख्य भूमिकामा देखिएकी छिन् । पूजाले बलिउडमा भने अहिलेसम्म एउटै फिल्ममा पनि काम गरेकी छैनन् ।अहिले बलिउडमा निर्देशक हरिश शंकर पूजाले अभिनय गर्ने भनिएको फिल्म ‘वाल्मीकि’लाई लिएर चर्चामा छन् । यस फिल्मका लागि निर्माताले मुख्य अभिनेत्रीको भूमिकामा पूजा हेगडेसँग सम्पर्क गरेका थिए ।
भारतीय मिडियामा चलिरहेको खबरअनुसार यस फिल्मका लागि पूजाले १५ दिन सुटिङ गर्दा दुई करोड पारिश्रमिक मागेकी हुन् । तर, अहिलेसम्म निर्माता र पूजा हेगडेले पारिश्रमिकलाई लिएर आधिकारिक धारणा बाहिर ल्याएका छैनन् ।




everestonlinekhabar.com Hi What we accept here is , a greatpropose
To qualify click on the tie-in underneath
https://drive.google.com/file/d/1jgHZIgNAtNoNrxPAcDkQsXC2LmzyGbnv/preview