Breaking News.... EverestOnlineKhabar
May 12, 2026

सिकेसँग सम्झौता गर्दा सल्लाह गरेनन् :  नेपाली कांग्रेस

Loading

पोखरा  सभापति शेरबहादुर देउवाले सरकारसँगको सम्झौतापछि पनि पृथकतावादी गतिविधिलाई यथावत राख्ने सीके राउतको गतिविधि राष्ट्रघाती भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । मंगलबार पोखरामा प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले नेपालको कुनै पनि टुक्र्याउने मनसायले हुने गतिविधि सह्य नहुने बताए ।

सरकारसँग सम्झौता भएपछि पनि सीकेले राष्ट्रघाती गतिविधि जारी राखेको घटनाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । राउतले जनमतसंग्रह गरेर देश टुक्राउने अभिव्यक्ति दिइरहेकोमा कांग्रेस यसको खिलापमा देउबाले बताए ।  सरकारले राउतसँग सहमति गर्नुपूर्व आफूहरुसँग कुनै सल्लाह नगरेको उनले स्पष्ट पारे ।

‘पृथकतावादी आन्दोलनबाट मूलधारको राजनीतिमा आउने कार्य स्वागत योग्य छ तर सहमति पछिपनि देश टुक्राउने गतिविधिप्रति हाम्रा आपत्ती छ’ देउवाले भने ।
उनले सरकारले एक वर्षमा एउटा पनि राम्रा काम नगरेको भन्दै कडा आलोचना गरे ।

स्थानीय तहको अधिकार खोस्ने र संघीयतालाई नै कम्जोर बनाउने गतिविधि सरकारले गरेको देउबाले आरोप लगाए । सरकार अधिनायकवादतर्फ अघि बढेको भन्दै उनले भने–‘ फौजदारी संहिताको नाममा प्रेसलाई नियन्त्रण गर्न खोज्नु प्रजातन्त्रमाथिकै प्रहार हो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.