![]()
काठमाडौं । आमरण अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले रिले अनसन बस्न बनाइएको टेन्ट रातरात हटाइएको छ । चिकित्सक संघले शिक्षण अस्पतालको प्रागणमा सोमबारबाट रिले अनसन सुरु गरेको थियो ।
तर, शिक्षण अस्पताल प्रशासनले भने अस्पताल हातामा धर्ना नबस्न भन्दै हिजो नै विज्ञप्ति दिएको थियो । त्यसको जवाफमा संघले आकस्मिक बाहेकका सेवा बन्द गरेर हड्ताल गर्ने चेतावनी दियो । भनेको नमान्दा अस्पताल प्रशासनले रातारात टेन्ट हटाएको छ ।
चिकित्सकहरुले अहिले पनि अस्पताल ग्रांगणमा म्याट बिछ्याएर रिले अनसनमै बसिरहेका छन् ।


