![]()
काठमाडौँ, १४ माघ । अनसनरत डा.गोबिन्द केसीको जिवन रक्षाको लागी चिकित्सकहरुले आजदेखि सामुहिक अनसन गर्ने भएका छन् । डा. केसीको माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले अनसन सुरु गर्न लागीएको नेपाल चिकित्सक संघका सचिब डा.लोचन कार्कीले जानकारी दिए ।
चिकित्सकहरुले त्रिवि शिक्षण अस्पतालमा आजदेखि दैनिक विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म अनशन बस्ने कार्यक्रम छ । सरकारले डा.केसीको माग पुरा नगरेसम्म अनशन जारी राख्ने डा.कार्कीले बताए । संघले सरकारले डा केसीको जीवनरक्षाका लागि आवश्यक कदम अगाडि नबढाए थप सशक्त आन्दोलनका कार्यक्रमसमेत गर्ने चेतावनी दिएको छ ।
यसैबीच प्रतिनिधि सभाले पारित गरेको चिकित्सा शिक्षा बिधेयकमा डा.केसी संग सरकारले यसअधि गरेको सहमति अनुसारनै सुधार गरेर राष्ट्रिय सभा बैठकमा पेश गर्न नागरिक समाजले सरकारलाई पहल गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औं सत्याग्रहमा रहनुभएका डा.केसीको अनसनको आज २० दिन भएको छ ।



