Breaking News.... EverestOnlineKhabar
June 11, 2026

चिकित्सा शिक्षा विधेयक आज राष्ट्रियसभामा पेस गरिँदै

Loading

काठमाडौं, १४ माघ । गत शुक्रबार संघीय संसदको प्रतिनिधिसभाबाट पारित ुराष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ु राष्ट्रियसभामा आज पेस हुने भएको छ। बैठक सोमबार बिहान ११ बजेका लागि डाकिएको छ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभामा टेबुल गर्ने कार्यसूची रहेको जानकारी दिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट गत शुक्रबार बहुमतले विधेयक पारित भएको थियो।

विधेयक राष्ट्रियसभाबाट पनि पारित भएमा र सोपश्चात् राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै ऐनका रुपमा लागू हुनेछ। विधेयक सहमतिविपरित ल्याइएको भन्दै डा गोविन्द केसी अनसनमै छन्। डा केसीले सहमति अनुसारकै विधेयक नआएसम्म अनसन नतोड्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed