Breaking News.... EverestOnlineKhabar
June 11, 2026

१७ थरीका शिक्षकलाई अब केन्द्रीयसरकारले के गर्छ:शैक्षिक अन्तरक्रिया

Loading

 

१२ गते शनिबारको दिन हुप्सेकोट गाँउपालिकामा ‘शैक्षिक अन्तरक्रिया ‘ कार्यक्रम सम्पन भएको छ ।नेपाल शिक्षक संघ हुप्सेकोटकी सचिव पुष्पा पाण्डेयले स्ंचालन गर्नुभएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य    बद्री पाण्डे ज्युको प्रमुख आतिथ्यता   संगै बनभोज पनि रहेको थियो । कार्यक्रममा नेपाल शिक्षक संघ हुप्सेकोट गा०पा०का अध्यक्षश्री रामप्रसाद पाण्डे           साथै जिल्ला ने०का० पार्टी सभापति बिष्णुप्रसाद लामिछाने, गा०पा० प्रमुख लक्ष्मीदिवी पाण्डे, पुर्व मा० महेन्द्रध्वज जि०सी०, वरिष्ठ समाजसेवीबिष्णुकुमार कार्की आदि अतिथिहरुको उपस्थिती रहेको थियो।             उक्त कार्यक्रममा १५० जना शिक्षक हरुले अन्तरक्रियामा भाग लिएका थिए ।     बिषेशत कार्यक्रममा शिक्षकहरुले १७ थरीका शिक्षकलाई अब केन्द्रीयसरकारले के गर्छ,शिक्षकको पेसागत सुरक्षाका कुराहरु बालविकास कोटामा कार्यरत सहयोगी कार्यकर्ताका सेवासुविधाका कुराहरु उठेका थिए । केन्द्रले शिक्षा ऐन जारि गर्न नसकेको अवस्थामा पनि गाउँपालिकाले ‘शिक्षा ऐन-२०७४’ जारी गरेकोमा उपस्थित सबैले खुसी व्यक्त गर्दैगाँउपालिकालाई धन्यवाद ज्ञापन  गरेका थिए । सम्पुर्ण सहभागी शिक्षक एवम् प्रमुख अतिथिले शिक्षाको विषयमा उठेका मुद्दामा छलफल भैरहेको र अझ टुङ्गो नलागिसकेको कुरा बताउनु भएको थियो भने गा०पा० प्रमुख लक्ष्मीदिवी पाण्डेले शिक्षा क्षेत्रमा अझै अन्योल रहेतापनि स्थानियसरकारले बिस्तारै शैक्षिक समस्याहरु हल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।     कार्यक्रम भैरहनु पर्ने तथा हरेक स्थानिय तह तथा केन्द्रीय सरकारले शैक्षिक मुद्दामा कार्यक्रममा शिक्षकको सुझाव र सल्लाह लिनु पर्ने भनेर बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed