Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नेपाल इन्जिनियर्स एसोसियनको निर्वाचन : सुदूरपश्चिम प्रदेशमा लवप्रसाद जोशीको समूह बलियो

Loading

कैलाली । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियन (नेइए)मा ७ वटै प्रदेशमा लोकतान्त्रिक प्यानलको पक्षमा माहोल देखिएको छ । मंसिर २८ गते हुने नेइएको ३२औं केन्द्रीय कार्यकारीणी र प्रदेश कार्यकारिणी समिति निर्वाचनका लागि लोकतान्त्रिक समुहका अध्यक्ष इन्जिनियर प्राध्यापक हिरेन्द्रमान प्रधान ७ वटै प्रदेशमा पुग्दा उनी नेतृत्वको लोकतान्त्रिक प्यानलको पक्षमा राम्रो माहोल देखिएको हो ।

लोकतान्त्रिक प्यानलले निर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा गरेको कार्यक्रमबाट निकै उत्साहीत भएको जनाएको छ । प्रथम प्रदेश कार्यकारिणी समिति सुदूरपश्चिम प्रदेशको लागि नेतृत्वमा भिडिरहेका लबप्रसाद जोशीले आफूसहित आफनो प्यानलको जित सुनिश्चित रहेका बताए । आफनो टिमका सदस्य, आफूहरुका एजेण्डा र दृष्टिकोण सबै स्पष्ट र सबल भएको उनको दाबी छ ।

सुदूरपश्चिमा प्रदेशमा आफूहरुले निर्वाह गरेको भूमिका, इन्जिनियरिङ क्षेत्रमा राष्ट्रियस्तरमै पु¥याएको योगदान र अकको योजनासहितका कारण लोकतान्त्रिक प्यानललाई जित दिलाउन अत्यन्त जरुरी रहेको उनले बताए ।

सुदूरपश्चिम भ्रमणमा गएका लोकतान्त्रिक समूहका अध्यक्ष हिरेन्द्रमान प्रधानले पनि लब जोशीको प्यानलबाट आफू खुशी रहेको बताए । सातवटै प्रदेशमा सहज जित हासिल गर्ने उनको दाबी छ ।

सुदूरपश्चिम प्रदेशको नेतृत्वका लागि उठेका जोशी बिद्यालय जीवन देखि नै मेधावी बिद्यार्थीकारुपमा परिचित छन । तीक्ष्ण बुद्धि, मिजासिलो व्यवहार, तार्किक, पारदर्शी र हकी व्यक्तित्वका धनी जोशी निर्वाचित भए इन्जिनियरिङ क्षेत्रमा बिद्यमान बिकृती पनि हटने बिश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.