![]()
काठमाडौं । काठमाडौं किङ्स—११ माथि ललितपुर प्याट्रियट्सले १० विकेटको शानदार जित हात पारेको छ । ईपीएलअन्तर्गत भएको खेलमा ललितपुरले १०.३ ओभर खेल्दै विना विकेटको क्षतिमा ११५ रन बनाउँदै लक्ष्य पूरा गर्यो ।
गौरव र कोल्सावालाले काठमाडौंविरुद्धको खेलमा शानदार इनिङ खेल्दै टिमलाई तेस्रो जित दिलाए । टिमको जितका लागि गौरव तोमरले ३५ बलमा ९ चौका र ५ छक्काको मद्दतमा ८० रन बनाए भने कोल्सावालाले २८ बलको सामना गर्दै ४ चौकाको मद्दतमा २७ रन बनाए । ललितपुरविरुद्ध काठमाडौंका ५ जना बलरले बलिङ गरेपनि ओपनिङ साझेदारी तोड्न सकेनन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंका लागि कप्तान केभिन ओब्राहिमले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रनमा बनाए भने सिदान्त लोहनीले अविजीत २१ रन बनाए । सामसद शेखले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेका थिएनन् ।
जितसँगै ललितपुर ६ अंकसहित प्लेअफमा पुगेकाे छ भने काठमाडाैंले २ अंकमात्र जाेड्न सकेकाे छ ।


