Breaking News.... EverestOnlineKhabar
August 22, 2026

ह्वावेकी कार्यकारीको मुद्दामा ट्रम्पले हस्तक्षेप गर्ने संकेत

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध थप खस्कन नदिन आफूले ह्वावेकी वित्तीय कार्यकारी मङ्ग वान्जूको मुद्दामा हस्तक्षेप गर्न सक्ने संकेत दिएका छन्।

“देशको लागि जे राम्रो हुन्छ म त्यही नै गर्छु,” ट्रम्पले भने।

४६ वर्षिय मङ्ग ह्वावेकी संस्थापककी छोरी हुन्। उनीविरुद्ध प्रतिबन्धहरुको बेवास्ता गर्दै इरानलाई टेलिकम सामाना बेच्ने एक कम्पनीसँगको सम्बन्ध ढाकछोप गरेको आरोप लगाइएको छ। अमेरिकाले सुपुर्दगी गर्न अनुरोध गरेपछि गत उनी डिसेम्बर १ तारिखमा भ्यान्कुबरमा पक्राउ परेकी थिइन्। त्यो कदमले कूटनैतिक तनाव बढाएको थियो।

मङ्गले ती आरोपहरू अस्वीकार गर्दै आएकी छिन्। उनलाई अमेरिका सुपुर्दगी गर्ने योजना बनाइएको छ। क्यानाडाको एक अदालतले चिनिया टेलिकम फर्म ह्वावेइकी प्रमुख वित्तीय कार्यकारी मङ्ग वान्जूलाई धरौटीमा छोड्न आदेश दिएको छ।

रोयटर्स समाचार संस्थासँगको अन्तर्वार्तामा ट्रम्पले भने चीनसँग व्यापार सम्झौता हुने अवस्थामा उनले अमेरिकी न्याय मन्त्रालयले हेरिरहेको मङ्ग विरुद्धको मुद्दामा आफूले हस्तक्षेप गर्न सक्ने संकेत दिएका हुन्।

ट्रम्पले भने, “मेरो विचारमा अब हुन लागेको ठूलो व्यापारका लागि त्यो कदम राम्रै हुनेछ। त्यो महत्त्वपूर्ण कुरा हो। त्यो देशको सुरक्षाको लागि राम्रो हुनेछ। मलाई राम्रो लागेमा म अवश्य पनि हस्तक्षेप गर्नेछु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.