Breaking News.... EverestOnlineKhabar
May 12, 2026

Loading

बीबीसी । क्यारेबियन मुलुक क्युबामा पहिलोपटक मोबाइल इन्टरनेट सन्चालनमा ल्याइएको छ । सरकारी टेलिकम इटेक्साले थ्रिजी मोबाइल सेवा सुरु गरेपछि सर्वसाधारणको पहुँचमा इन्टरनेट आएको हो ।

यसअघि सर्वसाधारणले इन्टरनेटका लागि वाईफाई हटस्पट र इन्टरनेट क्याफेमा भर पर्नुपथ्र्यो भने सरकारी पत्रकार र विदेशी व्यापारीलाई थ्रिजी सेवा प्रयोगमा प्रतिबन्ध थियो । पर्यटकीय होटल र सरकारी क्लबमा मात्र इन्टरनेट खुला गरिएको थियो । थ्रिजी मोबाइल सेवा सुरुपछि सरकारले इन्टरनेटमा लगाउँदंै आएको प्रतिबन्ध लचिलो हुने अपेक्षा गरिएको छ ।

सरकारी तथ्यांकअनुसार क्युबाको कूल जनसंख्या १ करोड १२ लाखमध्ये ५३ लाख मोबाइल प्रयोगकर्ता छन् । क्युबाले २०१६ मा गुगल कम्पनीसँग यसका सामग्रीकोछिटो पहुँचका लागि सम्झौता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.