![]()
काठमाडौँ । शिव सेना नेपालका अध्यक्ष अनिल बाबालाई प्रहरी पक्राउ गरेको छ। इसाई धर्मको प्रचारप्रसारमा सक्रिय विवादित संस्था वर्ल्ड पीस फेडेरेशनले आयोजना गरेको एशिया प्यासिफिक समिटको विरोधमा प्रदर्शन हुनसक्ने आशंकाकै भरमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
अध्यक्ष बाबासहित शिव सेना नेपालका केही कार्यकर्तालाई पनि प्रहरीले काठमाडौँको वनकालीबाट पक्राउ गरेको छ। विवादित संस्थाको कार्यक्रमका विषयमा चर्को आलोचना भइरहेका बेला हिन्दू धर्मका पक्षमा वकालत गर्ने संस्था शिव सेनाका प्रमुखसहित कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।


