Breaking News.... EverestOnlineKhabar
October 1, 2026

Loading

काठमाडौं । रवि पासवान र भरत शाहको गोलमा  नेपाल पुलिस क्लबले  ‘ए’ डिभिजन लिगअन्तर्गतको खेलमा च्यासल युथ क्लबमाथि २–० को जीत हासिल गरेको छ ।

सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा सम्पन्न खेलको ३८औं मिनेटमा गोल गर्दै रविले पुलिसको खाता खोलेका थिए । समय सकिन एक मिनेट बाँकी रहँदा भरतले गोल गर्दै पुलिसको जीत पक्का गरे ।

जितपछि पुलिसले चार खेलमा ७ अंक जोडेको छ भने च्यासल ४ अंकमै सीमित  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed