Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौं । प्रहरीले गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बस्न्यातकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो । उनलार्इ स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ ।

यसअघि गत वर्ष २३ असोजमा बानेश्वरमा गोली हानी हत्या गरिएका शरद गौचनको घटनामा उनको पनि संलग्नता देखिएको प्रहरीको दाबी छ ।समिरका ३ जना सुटर पक्राउ परेसँगै घटनामा मायाको संलग्नता पनि सार्वजनिक भएको हो । यसअघि समिरलाई कारागार व्यस्थापन विभागले मुस्ताङ सरुवा गर्दा मायाले प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed