Breaking News.... EverestOnlineKhabar
June 20, 2026

नेकपामा केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने र प्रदेश कमिटी गठनको जिम्मा बिष्णु पौडेल र बादललाई

Loading

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को  सचिवालय बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल र सचिवालयका सदस्य रामबहादुर थापा रहेका छन् ।

दुई सदस्यीय कार्यदलले नेकपाको प्रदेश कमिटीको पुर्णता साथै केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने छ । कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यको टुङ्गो लगाएपछि सचिवालको अर्को बैठकमा पेश गर्ने छ ।

बैठकले तल्ला तहका कमिटीलाई पुर्णता दिने गरी कार्यदल गठन गरेको छ । कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरुको टुंगो लगाउने छ ।  त्यसपछि अर्को सचिवालय बैठकले त्यसलाई अन्तिम रुप दिने छ ।

नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed