![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल शुक्रवार दिल्ली जाने भएका छन्। इण्डिया फाउण्डेसनले नयाँ दिल्लीमा आयोजना गर्ने ‘पाँचौं इन्डिया आइडिया कन्क्लेभ–२०१८’को उद्घाटनमा उनी जान लागेका हुन्।
सत्तारुढ दल भारतीय जनता पार्टीका महासचिवसमेत रहेका फाउण्डेसनका अध्यक्ष राम माधवको विशेष निम्तोमा दाहाल भारत जान लागेका हुन्। भारतको थिंक ट्यांक संस्था फाउण्डेसनको कार्यक्रममा उनलाई मुख्य वक्ताको रुपमा बोलाइएको हो।
पार्टी एकतापछि अध्यक्षका हैसियतमा दाहालको यो दोस्रो भारत भ्रमण हो। यसअघि भदौ दोस्रो साता उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमण गरेका थिए।
केही समययता भारतले अध्यक्ष दाहाललाई बढी नै महत्व दिन थालेको टिका टिप्पणी नेपाली राजनीतिमा हुन थालेको छ ।


