![]()
भोजपुर । छिमेकीको दाउराको चिर्पट प्रहारबाट षडानन्द नगरपालिका–५ आँपटारेका एक युवकको मृत्यु भएको छ । पुरानो रिसइबीका कारण स्थानीयवासी पञ्चबहादुर भनिने २७ वर्षीय मानबहादुर मगरले छिमेकी २६ वर्षीय सुरेश राईलाई चिर्पटले टाउकामा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
चिर्पट प्रहारबाट गम्भीर घाइते राईको सङ्खुवासभा तुमलिङटारको मनकामना अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटामा मृत्यु भएको प्रहरीको भनाइ छ ।
अभियुक्त मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


