Breaking News.... EverestOnlineKhabar
June 20, 2026

Loading

काठमाडौं ।  सर्वसाधारणलाई झुठो सपना देखाएर करोडौं ठगी गरेको आरोपमा डिएन कोइराला भनिने दिनेश कोइराला पक्राउ गरेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कोइरालालाई पक्राउ गरेको हो।

दोलखा मोलुङ गाउँपालिका-९ पोवटी घर भई हाल काठमाडौं ३२ कोटेश्वर बस्दै कोइरालालाई  बालुवाटारबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोइरालालाई बैंकिङ कसुर ठगी मुद्दामा पक्राउ गरिएको हो।

कोइरालाले विभिन्न वहाना बनाई विदेश पठाउने, जग्गा जमिनको कारोवार गर्ने, व्यापार व्यवसाय गर्ने भन्दै करोडौं ठगी गरेका बताइएको छ। खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा न. १ बस्ने श्याम खड्काको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ। योसँगै कोइराला बिरुद्ध महाशाखामा ठगीको दर्जनौं उजुरीसमेत परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed