Breaking News.... EverestOnlineKhabar
June 20, 2026

प्रधानमन्त्री ओलीका बिश्वासपात्र प्रदेश १ का मुख्यमन्त्री राई पनि केन्द्रसंग असन्तुष्ट

Loading

विराटनगर । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले केन्द्रीय सरकारको काम–कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । उनले केन्द्र सरकारको अलमलका कारण प्रदेश र स्थानीय तहले कामै गर्न नपाएको बताए ।

राष्ट्रिय योजना आयोगद्वारा बुधबार विराटनगरमा आयोजित प्रदेशस्तरीय कार्यक्रममा मुख्यमन्त्री राईले केन्द्र सरकार विकासमैत्री नभएको टिप्पणी गरे ।

कर्मचारी र संगठनात्मक संरचनाको व्यवस्थापनमा २५ प्रतिशत पनि काम गर्न नसकेको भन्दै उनले केन्द्र सरकारको नीतिगत र कार्यगत योजना तर्जुमामै त्रुटि रहेको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed