![]()
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । बुधबार बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको हो ।
शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको भनिएपनि कार्यबिभाजनका बिषयमा असन्तुष्ट नेताहरुको आक्रोश थाम्न नसकिएपछि बैठक स्थगित गरिएको हो । खासगरी वरिष्ठ नेता माधव नेपाल पक्षले प्रदेश कमिटी गठनका बिषयलाई लिएर सचिवालयमा लिखित असन्तुष्टि जनाएको छ ।
बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ । सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो ।


