![]()
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण मंसिर २२ देखि हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगिता पुस ८ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा सहभागी ६ फ्रेन्चाइज क्लबलाई राउन्ड रोविन लिग गराएर शीर्ष चार टोलीबीच प्ले अफ खेलाइनेछ । इपिएलका प्रबन्ध निर्देशक अख्तरले यसअघिकै मिति तय गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई स्विकृतीका लागि पत्र पठाइसकेको बताए ।


