Breaking News.... EverestOnlineKhabar
June 27, 2026

युु—१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका परिमार्जन, नेपालले माल्दिभ्स र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

Loading

काठमाडौं । श्रीलंकाले अन्तिम समयमा सहभागी नहुने निर्णय गरेपछि नेपालमा हुने युु—१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका परिमार्जन भएको छ । कात्तिक ८ गतेबाट एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघले नयाँ खेल तालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिकाअनुसार समूह ए मा रहेको नेपालले समूूह चरणमा माल्दिभ्स र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूूह बी मा भारत, भुटान र पाकिस्तान रहेका छन् । नेपालले पहिलो खेल कात्तिक ८ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो कात्तिक १२ गते बंगलादेशसँग खेल्नेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल खेल कात्तिक १७ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.