Breaking News.... EverestOnlineKhabar
October 3, 2026

तान्जानिया: डुङ्गा व्यवस्थापक पक्रन निर्देशन

Loading

बीबीसी । तान्जानियाका राष्ट्रपति जन मागुफुलीले तान्जानियाको भिक्टोरिया तालमा पल्टेको डुङ्गाको व्यवस्थापनमा संलग्न सबैलाई पक्राउ गर्ने आदेश दिएका छन्। एमभी न्यरी नाम गरेको त्यो डुङ्गा पल्टिँदा अहिलेसम्म कम्तीमा १ सय ५० जना भन्दा बढीको ज्यान गइसकेको छ।

एउटा टेलिभिजन कार्यक्रममा बोल्दै मागुफुलीले लापरवाही र क्षमताभन्दा बढी यात्रु बोकेका कारण सन्तुलन गुमाएपछि एमभी न्यरीको दुर्घटना भएको बताएका छन्। त्यसको व्यवस्थापनमा संलग्नहरूलाई नियन्त्रणमा लिन थालेको बताइएको छ। अफ्रिकाका तालहरूमा डुङ्गा दुर्घटना भइरहन्छन्।

तर बिहीवारको यो डुङ्गा दुर्घटना निकै डरलाग्दो सावित भएको छ। ३७ जनाको जीवितै उद्धार गरिसकिएको छ भने धेरै जना डुबेको हुन सक्ने बताइएको छ। राष्ट्रपति मागुफुलीले तान्जानियामा ४ दिनसम्म राष्ट्रिय शोक घोषणा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed