Breaking News.... EverestOnlineKhabar
October 2, 2026

फिफा वरियतामा नेपाल १६०औं स्थानमा, बेल्जियम र फ्रान्स संयुक्तरुपमा पहिलो नम्बरमा

Loading

एजेन्सी । फिफा वरियतामा पहिलो पटक दुई राष्ट्र संयुक्त रुपमा शीर्ष स्थानमा रहेका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्वर महिनाको लागि जारी गरेको वरियतामा बेल्जियम र फ्रान्स संयुक्त रुपमा पहिलो स्थानमा छन्।

दुवैको कूल अंक समान १७२९ रहेको छ। अघिल्लो महिना बेल्जियम दोस्रो स्थानमा थियो। तर वरियताको २५ वर्षे इतिहासमा दुवै टिमले पहिलो स्थान सेयर गरेको यो पहिलो पटक भएको फिफाले जनाएको छ। शीर्ष दशमा कुनै परिवर्तन भएको छैन।

दक्षिण एसियामा भारत सबैभन्दा अगाडी रहँदा नेपालले भने एक स्थान सुधार गरेको छ। साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको नेपाल नयाँ वरियतामा १६०औँ स्थानमा छ।

नेपाल र बेलिको समान १००४ अंक छ र दुवै संयुक्त रुपमा १६०औँ स्थानमा छन्। यस्तै एक स्थान तल झरेपनि भारत दक्षिण एसियामा सबैभन्दा अगाडी ९७औँ स्थानमा छ। साफ च्याम्पियन्सिप जितेको माल्दिभ्स पनि एक स्थान (१५१) तल झरेको छ। यस्तै भुटान १८८औँ, बंगलादेश १९३औँ, श्रीलंका १९८औँ र पाकिस्तान १९९औँ स्थानमा छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed