Breaking News.... EverestOnlineKhabar
June 27, 2026

क्षेप्यास्त्र केन्द्र बन्द गर्न उत्तर कोरिया सहमत: मून जे-इन

Loading

बीबीसी । प्योङयाङको भ्रमणमा रहेका दक्षिण कोरियाली नेता मून जे-इनले उत्तर कोरिया स्वतन्त्र निरीक्षकहरूको सुपरिवेक्षणमा स्थायी रुपमा क्षेप्यास्त्र परिक्षण केन्द्र नष्ट गर्न सहमत भएको बताएका छन्। दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले भनेका छन् उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशमा रहेका क्षेप्यास्त्र परीक्षण तथा प्रक्षेपण गर्ने केन्द्र बन्द गर्न सहमत भएका छन्।

प्योङयाङमा भेटेपछि दुई नेता परमाणु अस्त्र निश्शस्त्रीकरणको मार्गमा लाग्न सहमत भएको मूनले बताएका हुन्। कोरियाली प्रायद्वीपमा शान्तिका लागि यो सहमतिलाई किमले एउटा “छलाङ” भनी व्याख्या गरेका छन्।

किमले आफूले छिट्टै दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गर्ने आशा राखेको पनि बताए। यदि उनले भ्रमण गरे दक्षिण कोरियाको भ्रमण गर्ने उनी पहिलो उत्तर कोरियाली नेता हुनेछन्। दुई कोरियाले आफ्ना रेलमार्गहरू जोड्ने, कोरियाली युद्धमा छुटिएका परिवारलाई पुनर्मिलन गर्न दिन र स्वास्थ्यको हेरचाहमा पनि सहयोग गर्ने योजना गरेका छन्।

मूनले उत्तर कोरियाली नेतालाई सोलमा आउन निम्तो दिएका छन्। उक्त भ्रमण यो वर्षको अन्त्य अघि हुने ठानिएको छ। उनीहरूले सन् २०३२ को समर ओलिम्पिक्स मिलेर आयोजना गर्न खोजिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.