Breaking News.... EverestOnlineKhabar
June 27, 2026

भुटानका पूर्वप्रधानमन्त्रीले श्रीमतीलाई पिठ्युमा बोकेको तस्बिर भाइरल

Loading

बीबीसी । भुटानका पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेले आफ्नी पत्नीलाई बोकेर हिंडेको तस्बिर  अहिले समाजिक संजालमा भाइरल भएको छ । छिरिङ तोब्गेले आफ्नो ट्वीटर ह्याण्डलमा एक तस्विर शेयर गरेका छन् जसमा उनले पत्नी तासी डोमालाई ढाडमा बोकिरहेका छन् । तस्बिरमा बाटो निक्कै खराब र हिलाम्य देखिन्छ । सम्भवतः त्यसबाट जोगाउन ठूलो जुत्ता लगाएका तोब्गेले आफ्नी पत्नीलाई बोेकेको जस्तो देखिन्छ ।

छिरिङ तोब्गेद्वारा शेयर गरिएको आफ्नो फोटोमा लेखेका छन्, ‘सर वाल्टर ¥यालेको जस्तो ‘ड्यासिङ (शानदार)’ त होइन तर मैले त्यो गरे जो एक पुरुषलाई आफ्नी पत्नीको पाउ सफा राख्नको लागि गर्नुपर्छ ।’

भुटानका प्रधानमन्त्रीले ट्वीटरमा उल्लेख गरेका सर वाल्टर ¥याली १६ औं शताब्दीका ब्रिटिश सेना सदस्य हुन् । उनले तत्कालिन बेलायती महारानी एलिजाबेथ प्रथम हिँडेको बाटोमा अगाडि आएको हिलोमा आफ्नो ओभरकोट बिछ्याएको किम्बदन्ती प्रसिद्ध छ ।

यो फोटो भाइरल भएपछि मानिसहरु तोब्गेको पोस्ट शेयर गर्दै उनको कामलाई सरहान गरिरहेका छन् । शेयरसँगै समाजिक संजाल प्रयोगकर्ताहरुले भुटानी प्रधानमन्त्रीको कार्यको प्रशंसा गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.