![]()
काठमाडौं । नेपाल आएका बलिउड अभिनेता गोविन्दाले पशुपतिनाथको दर्शन गरेका छन् । काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ नेपाल आएका उनले आइतबार बिहान पशुपति नाथको दर्शन गरेका हुन् ।
काठमाडौ ओर्लिए लगतै नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिएका गोबिन्दाको ३ दिने नेपाल बसाईको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्ने र चन्दागिरी पुग्ने समेत योजना रहेको छ ।
यसअघि बलिउड सुपरस्टार गोविन्द अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए ।


