![]()
काठमाडौं । असोज १३ बाट हुने तय भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि क्लबहरू आफूलाई बलियो बनाउन केन्द्रित हुन थालेका छन्। झन्डै ५ वर्षपछि हुन लागेको ए डिभिजन लिगका लागि उपाधि दाबेदार मनाङ–मर्स्याङ्दी क्लबले अफिज ओलावालेलाई अनुबन्ध गरेको छ। ओलावालेले नेपाली लिगका दौरान निकै उत्कृष्ट प्रदर्शन गरेका थिए।
नाइजेरियन फरवार्ड ओलावालेलाई क्लबले एक सिजनको लागि अनुबन्ध गरेको क्लबले जनाएको छ। मनाङका पूर्व-खेलाडीसमेत रहेका ओलावालेलाई आपसी समझदारीमा अनुबन्ध गरेको भए पनि समझदारी रकम भने खुलाइएको छैन।
२३ वर्षीय ओलावाले करिब दुई वर्षपछि मनाङमा फर्किएका हुन्।


