Breaking News.... EverestOnlineKhabar
June 27, 2026

रजनिकान्त र अक्षय कुमार अभिनित फिल्म ‘२.०’को ‘टिजर’ सार्वजनिक (भिडियो)

Loading

एजेन्सी ।  दक्षिण भारतीय चर्चित फिल्म स्टार रजनिकान्त र अक्षय कुमार अभिनित फिल्म ‘२.०’को ‘टिजर’ सार्वजनिक भएको छ। भिएफएक्स प्रविधिको अत्याधिक प्रयोग गरिएको ‘टिजर’ दर्शकलाई रुचीकर लाग्नसक्छ।

‘२.०’ (रोवाेट २) मार्फत बलिउड स्टार अक्षय कुमारले दक्षिण भारतीय फिल्ममा डेब्यूसमेत गर्दैछन्। अक्षय यस फिल्ममा खलनायकको भूमिकामा देखिएका छन्। भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार बलिउड इतिहासमा सबैभन्दा बढी लगानीमा तयार पारिएको फिल्म ‘२.०’ को बजेट करिब ५ सय करोड भारतीय रुपैयाँ छ।

भिएफएक्सको अधिक प्रयाेगकै कारण पटक-पटक प्रदर्शन मिति सर्दै आएको फिल्म आउँदो नोभेम्वर २९ बाट प्रदर्शनमा आउने छ। फिल्म टुडी र ‍थ्रीडी क्वालिटीमा रिलिज हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.