Breaking News.... EverestOnlineKhabar
October 6, 2026

Loading

महेन्द्रनगर । निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या घटनामा संलग्नलाई कारवाहीको माग गर्दै महिलाले कालो सारी लगाएर तीज मनाएका छन् । आन्दोलनरत आमा समूह फेरि आन्दोलित भएको छ । घटनाको छानबिनका लागि सरकारले १५ दिनको म्यादसहित गठन गरेको उच्चस्तरीय छानबिन समितिले तोकिएको मितिमा कुनैपनि निष्कर्ष निकाल्न नसकेपछि आमा समूह  फेरि आन्दोलनमा उत्रिएको हो ।

यसअघि यही समूह लगातार सदरमुकाम महेन्द्रनगरमा निर्मलाका हत्यारा पक्राउको माग गर्दै आन्दोलन गर्दै आएका थियो । निर्मलाको शव फेला परेको २५ औं दिनमा प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि उक्त आन्दोलनमा अन्य राजनीतिक दल, तिनका भ्रातृ संगठन र स्थानीयबासीले सहभागिता जनाएका थिए ।

निर्मलाका हत्यारालाई सार्वजनिक गर्नुपर्ने र बलात्कारीलाई फाँसीको सजायका लागि संविधान संशोधन गर्न दबाब दिन कालो साडीमा तीज मनाउन लागिएको महिला दबाब समूहकी संयोजक हेलेन श्रेष्ठले बताइन् ।

एसपी डिल्लीसिंह बिष्ट नेतृत्वको टोलीले घट्नामा संलग्न भनि सार्वजनिक गरिएका दिलिप बिष्ट साधारण तारेखमा छुटेपछि घट्ना थप रहस्यमय बनेको छ भने आन्दोलन थप चर्किने सम्भावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed