Breaking News.... EverestOnlineKhabar
August 21, 2026

५ दिने तिब्बत भ्रमणपछि सभामुख महरा स्वदेश फिर्ता, चाँडै तातोपानी नाका खुल्ने

Loading

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले आफ्नो पाँच दिने चीन भ्रमण उपलब्धिमूलक र फलदायी भएको बताएका छन् । स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणले नेपाल र चीनबीचको आपसी हित एवं मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाएको उल्लेख गरे ।

तिब्बत भ्रमणका अवसरमा सभामुख महराले चीनको तिब्बत स्वशासित क्षेत्रका पार्टी प्रमुख वु यिङै एवं उच्चपदस्थ पदाधिकारीसँग शिष्टाचार भेटघाट भएको जानकारी गराउँदै भने, “सो अवसरमा उहाँहरु बीच नेपाल, तिब्बत र चीनबीचको ऐतिहासिक एवं कूटनीतिक सम्बन्ध, व्यापार, लगानी एवं पर्यटनलगायत विषयमा छलफल भयो ।”

उनी छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीन र यसको स्वशासित क्षेत्र तिब्बत सरकारको निमन्त्रणामा तिब्बतको ल्हासामा आयोजित चौथो तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनमा प्रमुख अतिथिका रुपमा १० सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ २२ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.