Breaking News.... EverestOnlineKhabar
July 10, 2026

Loading

एजेन्सी ।  विश्वकप फुटबलमा क्वाटरफाइनलबाटै बाहिरिएको ब्राजिलले एल साल्भाडोरसँगको मैत्रीपूर्ण खेलमा उत्कृष्ट नतिजा निकालेको छ ।अमेरिकाको मेरील्याण्डमा भएको खेलमा नेइमारसहितको ब्राजिलले एल साल्भाडोरमाथि ५–० को जित निकालेको हो । ब्राजिलको जितमा रिचार्लिसनले दुई तथा नेइमार, फिलिप कोन्टिन्हो र मार्क्वीनहोसले एक एक गोल गरे ।

चौथो मिनेटमा नै पाएको पेनाल्टीमा नेइमारले गोल गर्दै ब्राजिललाई सुरुवाति अग्रता दिलाए । रिचार्लिसनले १६ तथा कोन्टिन्होले ३० औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा ब्राजिलले ३–० को अग्रता लियो ।

५० औँ मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता बढाए । ९० औँ मिनेटमा मार्क्वीनहोसले गोल गरेपछि ब्राजिल ५–० ले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.