Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

बीबीसी । थाईल्यान्डमा वन्यजन्तु तस्करी निगरानी गर्ने एउटा संस्थाले फेसबुकमार्फत् १५ सयभन्दा बढी जीवित वन्यजन्तुको बिक्री गर्न खोजिएको पत्ता लगाएका छन्। ट्राफिक नामक सो संस्थाका अनुसार त्यसरी बिक्री गर्न राखिएका अधिकांश प्रजाति थाईल्यान्डका रैथाने हैनन् र अन्तर्राष्ट्रिय कानुनअनुसार तिनको संरक्षण गरिनुपर्ने भए पनि तिनको व्यापार भने रोकिएको छैन।

सन् २०१६ को एउटा महिनामा ती वन्यजन्तुका सूचीहरू १२ वटा फेसबुक ग्रुपमा पाइएका थिए। फेसबुकले सङ्कटापन्न जीवजन्तुको व्यापार गर्न आफूले अनुमति नदिएको बताएको छ।

ती सूचीमा राखिएका २०० प्रजातिमध्ये युरेशियन ओटर र कालो थोप्ला भएको कछुवाको अन्तर्राष्ट्रिय व्यापार गर्न निषेधित छ। सिउर भएको धनेस र साइयामिज गोहीजस्ता अतिसङ्कटापन्न प्रजाति र एशियाली कालो भालूजस्ता केही प्रजाति थाईल्यान्डमा पनि पाइन्छन्। व्यापार गर्न प्रतिबन्ध भए पनि तिनलाई पनि बिक्री गर्न फेसबुकमा राखिएको थियो।

ट्राफिकले फेसबुकमार्फत् गरिने वन्यजन्तुको व्यापारबारे आफूले पत्ता लगाएका तथ्य यही हप्ता सार्वजनिक गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.