![]()
एजेन्सी । बिहेपछि २०१५ मा ऐश्वर्याले सञ्जय गुप्ताको फिल्म ‘जज्बा’ बाट कमब्याक गरेकी थिइन् । यो फिल्मले बक्स अफिसमा कुनै चमत्कार गर्न सकेन । त्यसपछि उनले उमंग कुमारको फिल्म ‘सर्बजित’ मा अभिनय गरिन् । यो फिल्म हलमा पत्तासाफ भयो ।
हालै ऐश्वर्या अभिनित फिल्म ‘फन्ने खान’ प्रदर्शनमा आयो । यो फिल्मबाट उनले निकै आशा गरेकी थिइन् । फिल्ममा उनले एक गायिकाको भूमिका निर्वाह गरेकी थिइन् । तर, फिल्म बक्स अफिसमा नराम्ररी पछारियो ।
लगातार फिल्महरु फ्लप हुँदै जाँदा ऐश्वर्याको करिअरमा प्रश्नचिन्ह उठ्न थालेको छ । धेरैले आमा बनिसकेपछि उनको क्रेज समाप्त भएको विश्लेषण गरिरहेका छन् । कतिले चाहिँ ऐश्वर्याले सही फिल्म र सही भूमिका छनोट गर्न चुकेको बताएका छन् ।
यसैबीच ऐश्वर्यालाई अर्को झट्का लागेको छ । उनी एउटा प्रोजेक्टबाट निकालिएकी छिन् । ‘ओ कौन थी’ नामक फिल्म उनले केही समयअगाडि नै साइन गरेकी थिइन् । तर, उनका फिल्म लगातार फ्लप भएपछि निर्माताले ऐश्वर्यालाई हटाएका छन् । उनको ठाउँमा बिपाशा बशुलाई लिइएको छ ।
ऐश्वर्याले अब आफ्ना श्रीमान अभिषेकसँग ‘गुलाब जामुन’ मा अभिनय गर्दैछिन् । तर, यो फिल्मले पनि कुनै कमाल भने गर्नेवाला छैन । किनभने उनका श्रीमान अभिषेकको दर्शकहरुमा कुनै क्रेज बाँकी छैन ।


