Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

काठमाडौं । सन् २०१८ को पहिलो ६ महिनामा निजी दूरसञ्चार कम्पनी एनसेलको इन्टरनेटबाट हुने आयमा ३४ दशमलब २ प्रतिशतले वृद्धि भएको  छ । कम्पनीले टुजी, थ्रिजी र फोरजी प्रविधिमा आधारित मोबाइल इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

आजियाटाले सार्वजनिक गरेको सन् २०१८ को दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार एनसेलको कुल १ करोड ६४ लाख ग्राहक संख्या रहेको छ र त्यसको ४७ दशमलब ३ प्रतिशत ग्राहकले इन्टरनेट सेवा प्रयोग गर्ने गरेका छन् ।

इन्टरनेट सेवा प्रतिस्पर्धी भई शुल्कमा गिरावट आउनु, माग बढ्नु, सेवा विस्तार हुनु र स्मार्टफोन प्रयोगकर्ताहरु बढ्नु लगायतका कारणहरुले गर्दा पछिल्लो वर्षहरुमा सेवा प्रदायक कम्पनीहरुको ग्राहक आधार बढ्नुका साथै यसबाट हुने आम्दानीमा पनि वृद्धि भएको जानकारहरु बताउँछन् । एनसेलको हकमा उसको कुल ग्राहक आधारमा ५८ प्रतिशत ग्राहकले स्मार्टफोन बोक्ने गरका छन् ।

पछिल्लो वर्षहरुमा डाटा सेवाको माग बढिरहेको आजियाटाको प्रतिवेदनले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.