Breaking News.... EverestOnlineKhabar
October 3, 2026

संविधान दिवसको बिरोध गर्न राजपाको सर्कुलर, पत्र गोप्य राखियो

Loading

काठमाडौं ।  राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान दिवसको विरोधमा विभिन्न कार्यक्रम घोषणा गरेको छ । राजपाले असोज ३ गते संविधान दिवसको दिन विरोध प्रदर्शन र विरोध सभा, त्यहि दिन साँझ ७ बजेदेखि ७:१५ बजेसम्म बल्याक आउट र विरोधका अन्य कार्यक्रम तय गर्ने अधिकार दिँदै आफ्ना सबै जिल्ला कमिटीलाई पत्राचार गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हस्ताक्षर रहेको त्यो पत्र अन्यन्तै गोप्य राखिएको छ । त्यही संविधान टेकेर तीन तहको निर्वाचनमा सहभागि भएका राजपाको प्रदेश २ मा गठबन्धनको सरकार छ । संघीय समाजवादी फोरमसँग मिलेर उसले प्रदेश २ मा सरकार बनाएको छ ।

राजपाले संघीय सरकारलाई पनि समर्थन गरेको छ । सोमबार र मंगलबार दुई दिन बसेको राजपाको अध्यक्ष मण्डलको बैठक गरेको ११ बुँदे निर्णय लेखिएको सर्कूलर जिल्ला कमिटीलाई पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed