Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

कञ्चनपुर  । २४ दिनअघि पक्राउ गरी घटनाको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका–१९ बाग्फाँटाका दीलिप विष्टलाई प्रहरीले जिम्मा जमानीमा छाडेको छ ।

विष्टको डिएनए परीक्षण मेल नखाएको रिपोर्ट आएपछि  सरकारी वकिलको राय अनुसार उनलाई आवश्यक परे उपस्थित हुने गरी छाडिएको हो। विष्टसँगै भदौ ७ गते पक्राउ परेका बम दिदी–बहिनी रोशनी र बबितालाई पनि छाडिएको छ। रोशनीलाई जिम्मा जमानीमा र बबितालाई ३० हजार धरौटीमा छाडिएको छ ।

भीमदत्त नगरपालिका–२ उल्टाखामकि १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप समेत गरेको थियो।

विष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं समेत लगिएको थियो। उक्त रिपोर्टमा पनि अनुसन्धानका क्रममा पनि झुठो बोलेका लगायत केही नखुलेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.