Breaking News.... EverestOnlineKhabar
July 12, 2026

Loading

एजेन्सी । युएस ओपन टेनिसको पुरुष एकल तर्फको उपाधि नोभाक जोकोविचले  जितेका छन। अर्जेन्टिनाका आन मार्टिन डेल पोत्रालाई हराउँदै सर्बियाका जोकोविचले उपाधि जितेका हुन् ।

छैटौँ बरियताका ३१ वर्षे जोकोविचले तेस्रो बरियताका डेल पोत्रोलाई ६–३, ७–६ (७–४) र ६–३ को सेटमा हराएर उपाधि जितेका हुन् । जोकोविचले आफ्नो खेल जीवनमा अहिलेसम्म योसहित १४ पटक ग्राण्ड सालम उपाधि जितेका छन् ।

जोकोविचले यसअघि गएको जुलाईमा विम्बल्डन टेनिसको उपाधि जितेका थिए । लगातार ग्राण्ड सलाम उपाधि जितेका जोकोविच अब विश्व बरियतामा चौथो स्थानमा उक्लिने छन् । जोकोविचले भन्दै धेरै ग्राण्ड सलाम जित्ने दुईजना मात्रै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.