![]()
काठमाडौं । एशियाली खेलकुद प्रतियोगिता खेलेर फर्किएका राष्ट्रिय भलिबल टिमका खेलाडी सम्मानित भएका छन् । काठमाडौंमा एक कार्यक्रममा राष्ट्रिय भलिबल संघले खेलाडीलाई सम्मान गरेको हो ।
इन्डोनेसियामा भएको एशियन गेम्समा नेपालले समूह चरणमा चाइनिज ताइपेई र दक्षिण कोरियासँग लगातार पराजय व्यहोरेको थियो । तर, प्ले अफ खेलमा मंगोलीयाविरुद्ध नेपालले जित निकालेको थियो । एशियाडमा उक्त जितसँगै नेपाल १५ औं वरियतामा रहेको छ ।
१५ औं वरियता पाएको नेपालका लागि नेदरल्यान्ड्स भलिबल संघले केक उपहार दिएको थियो । त्यस्तै, राष्ट्रिय भलिबल संघले प्रत्येक खेलाडीलाई नगद १० हजारसहित प्रमाण पत्र प्रदान गरेको छ ।


