Breaking News.... EverestOnlineKhabar
July 12, 2026

चार दिने भारत भमण पूरा गरी प्रचण्ड स्वदेश फिर्ता, पुराना सम्झौताको कार्यान्वयन गर्न भारतलाई घच्घच्याएको दाबी

Loading

काठमाडौं । चार दिन लामो भारत भ्रमण पूरा गरी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल  स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको बताए ।

दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै दाहालले भने, ‘स्थिर सरकार र समृद्ध नेपाल भारतको पनि चाहना हो ।’ उनले भ्रमणका क्रममा यसअघि भएका सम्झौता कार्यान्वयका विषयमा समेत कुराकानी भएको बताए ।

मन्त्री फेरबदलको चर्चा चलिरहेको प्रसंगमा गरिएको जिज्ञासामा दाहालले ‘प्रधानमन्त्रीजीले जे भन्नु भयो त्यही’ हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.