Breaking News.... EverestOnlineKhabar
August 10, 2026

Loading

बीबीसी । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिवान आतङ्ककारीविरुद्ध भएको एक सैन्य कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डर कारी कयुम सहित चार आतङ्ककारी मारिएका छन् ।

यस कारबाहीमा अन्य आठ आतङ्ककारी घाइते भएका सो क्षेत्रका सेनाका प्रवक्ता मोहमद हनीफ रेजाइले  जानकारी दिएका छन् । अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट अमेरिकाआवद्ध नेटो संयुक्त गठबन्धन सेनाले अफगान युद्ध सकिएको घोषणा गर्दै प्रायः सेना त्यहाँबाट आ– आफनो देश फर्किएका थिए । त्यहाँ बाँकी करिब १२ हजार संयुक्त गठबन्धनका सेनाले पनि अफगान सेनालाई सल्लाह र तालिम दिने तर युद्धभूमि गएर तालिबान र अन्य आतङ्ककारी समूहसँग युद्ध नगर्ने घोषणा गरेका थिए ।

सो घोषणापछि सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सैनिकको काँधमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed