![]()
काठमाडौँ । राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले शपथ ग्रहण गरेका छन् । बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना समक्ष राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा राम नारायण बिडारीले शपथ ग्रहण गरेका हुन् ।
उनीहरु बुधबार नै निर्विरोध निर्वाचित भएका थिए । मंगलबार सभापतिका लागि आह्वान गरिएको मनोनयनमा उनीहरुको मा उम्मेदवारी परेको थियो ।


